Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उखु किसानको भुक्तानी सात दिनभित्र दिलाउन उद्योग समितिकाे निर्देशन

उखु किसानको भुक्तानी सात दिनभित्र दिलाउन उद्योग समितिकाे निर्देशन

  • बिहिवार, पौष २ २०७७

  • 1.4K
    SHARES

  • उखु किसानको भुक्तानी सात दिनभित्र दिलाउन उद्योग समितिकाे निर्देशन

    काठमाडौं । संसदीय समितिले उखु किसानलाई एक हप्ताभित्र रकम दिलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले किसानले पाउन बाँकी भएको भुक्तानी एक हप्ताभित्र दिन र सबै एक पटक व्यवस्था गर्ने सम्भावना नभए पनि दिएको भुक्तानीबारेको कार्य प्रगति विवरण ९ गतेको बैठकमा बुझाउन निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताउनुभयो ।

    समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा उद्योग र गृह मन्त्रालयलाई एक हप्ताभित्र किसानले पाउनुपर्ने रकम भुक्तानी गर्न निर्देशन दिएको हो ।आफूले बेचेको उखुको अहिलेसम्म भुक्तानी नपाएको र दिलाइदिन भन्दै उखु किसान चार दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् ।

    यस्तै समितिको बैठकले देशभरका श्रमिकहरूले पारिश्रमिक पाए–नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिनभित्रमा समितिमा प्रतिवेदन पेस गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

     


    बिहिवार, पौष २ २०७७०४:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij