काठमाडौं । उपत्यकाका सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली भोलिबाट हटाउने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयपछि उपत्यकाको जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको बताउनुभयो ।
कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर–बिजोर प्रणाली लागु थियो । सरकारी पक्षले जोर–बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दै गएको थियो ।