काठमाडौं। नेपालमा आज थप ७३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।
आज थप ८४७ जना संक्रमित डिस्चार्ज भएका छन् यो संगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन् भने ४ सय ५२ जना क्वारेन्टिनमा छन् । यस्तै आज थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।