Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सावाँ–ब्याज भुक्तानीको अवधि बढाउन आग्रह

सावाँ–ब्याज भुक्तानीको अवधि बढाउन आग्रह

  • बिहिवार, आषाढ २५ २०७७

  • 1.2K
    SHARES

  • सावाँ–ब्याज भुक्तानीको अवधि बढाउन आग्रह

    असार मसान्तमा तिर्नुपर्ने ऋणको किस्ता तथा ब्याज भुुक्तानीको चाप बढेसँगै निजी क्षेत्रले भुक्तानी अवधि थप गर्न आग्रह गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय गरिरहेका साना ठूला व्यवसायी अहिले ऋणको किस्ता तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको भन्दै महासङ्घले अवस्था सहज नभएसम्मका लागि समय अवधि लम्ब्याउन आग्रह गरेको हो ।

    लामो बन्दाबन्दीका कारण उद्यमी व्यवसायी आफै सङ्कटमा रहेको जिकिर गर्दै महासङ्घले असार मसान्तभित्र कर्जा तथा ब्याज चुक्ता गर्न बैङ्क तथा वित्तीय संस्थाहरूले ताकेता बढाएकोमा चिन्ता जनाएको छ । महासङ्घले एक विज्ञप्ति जारी गर्दै भनेको छ, २०७६ चैतदेखि सबै उद्योग व्यवसायले वित्तीय संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने सावाँ, ब्याजको अवधि, स्थिति अनुकूल भई अर्थतन्त्र पूर्ण रूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पुँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न आग्रह गर्दछ ।

    उद्योग व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैङ्कबाट उचित पहल नभए कुनै पनि समय अर्थतन्त्र गम्भीर सङ्कटमा फस्ने महासङ्घले जनाएको छ ।  


    बिहिवार, आषाढ २५ २०७७०१:३५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij