काठमाडौं । सिनामंगलस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । सुकुम्बासी बस्तीमा आगलागी भएको खबर पाउनासाथ घटनास्थलमा प्रहरी खटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले बताउनुभयो ।
उहाँका अनुसार के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन ।
स्थानीय दमकलको सहयोगमा आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । आगो निभाइ नसकिएकाले क्षतिको विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।