हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ५ नम्बर वडालाई एक हप्तासम्मका लागि सिल गरिएको छ ।
वडा कार्यालयले आइतबार एक सूचना जारी गर्दै वडा नम्बर ५ का वनसमिति, गर्जमुनी, खजुवा, बैशखा र राजमार्ग क्षेत्र सिल गरिएको जनाएको छ ।
कोभिड १९ का बिरामीहरु दिनानुदिन बढ्दै गइरहेकोले मंसिर २९ गतेदेखि पुस ५ गतेसम्मका लागि सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, पसल व्यवसायहरु बन्द गर्ने निर्णय गरिएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कमल राज गिरीले जानकारी दिनुभयो ।