Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३५ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३५ हजार नाघ्यो

  • आइतवार, मंसिर २८ २०७७

  • 658
    SHARES

  • नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३५ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३५ हजार नाघेको छ । आज थप १५ सय संक्रमित डिस्चार्ज भएसंगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै आज थप ८ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

    हाल देशभर १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित छन् भने ५ सय १६ जना क्वारेन्टिनमा छन् । यस्तै आज थप ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।


    आइतवार, मंसिर २८ २०७७०६:०८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij