काठमाडौं । विश्वकप छनोटअन्तर्गत मार्चमा हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले दीर्घकालीन तयारी सुरु गरेको छ ।
कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आजदेखि एन्फा कम्प्लेक्समा प्रशिक्षण सुरु गरेका हुन् । बन्द प्रशिक्षणमा बोलाइएका ५८ खेलाडीलाई दुई समूहमा विभाजन गरेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।
आज बिहानको सेसनमा २७ खेलाडीले भाग लिएका थिए । पहिलो सेसनमा सिनियर टोलीका अधिकांश खेलाडी सहभागी थिए । प्रशिक्षक महर्जनले चार चरणमा खेलाडी छनोट गरिने र योजनाबद्ध रुपमा प्रशिक्षण अगाडि बढ्ने बताएका छन् ।