Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

फिफा वर्ष खेलाडीमा मेसी, रोनाल्डो र लेवान्डोस्कीबीच प्रतिस्पर्धा

फिफा वर्ष खेलाडीमा मेसी, रोनाल्डो र लेवान्डोस्कीबीच प्रतिस्पर्धा

  • शनिवार, मंसिर २७ २०७७

  • 1.5K
    SHARES

  • फिफा वर्ष खेलाडीमा मेसी, रोनाल्डो र लेवान्डोस्कीबीच प्रतिस्पर्धा

    एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको ‘द बेस्ट’ अवार्डका लागि शीर्ष तीन खेलाडीको नाम सार्वजनिक गरेको हो ।

    फिफाले युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बार्सिलोना तथा अर्जेन्टिनाका लियोनल मेसी र बायर्न म्युनिख तथा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको अन्तिम मनोनयनमा राखेको छ ।

    सन् २०२० को वर्ष खेलाडीको रुपमा मेसी, रोनाल्डो र लेवान्डोस्कीलाई मनोनयन गरिएको फिफाले जनाएको छ ।

    ronaldo.jpg

    लेवान्डोस्कीले पछिल्लो सिजन बायर्नलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिगसँगै बायर्नले सबै प्रतियोगिता जितेको थियो । त्यसैले, उनलाई वर्ष खेलाडीको प्रमुख दाबेदार मानिएको छ ।

    पछिल्लो सिजन अर्जेन्टिनी कप्तान मेसीको व्यक्तिगत प्रदर्शन राम्रो थियो । मेसीले युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । रोनाल्डोले गत सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । रोनाल्डो लिगको मोस्ट भ्यालुएबल प्लेयरसमेत बनेका थिए ।

     


    शनिवार, मंसिर २७ २०७७०१:५७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij