Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सीसीएमसीको बैठक:कोरोना कोषको खर्च विवरण सार्वजनिक गर्ने निर्णय

सीसीएमसीको बैठक:कोरोना कोषको खर्च विवरण सार्वजनिक गर्ने निर्णय

  • शुक्रवार, मंसिर २६ २०७७

  • 1.3K
    SHARES

  • सीसीएमसीको बैठक:कोरोना कोषको खर्च विवरण सार्वजनिक गर्ने निर्णय

    उपप्रधानमन्त्री तथा कोभिड–१९ संकटव्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने निर्णय गरेको छ ।

    आज बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले कोभिड नियन्त्रण सम्वन्धि कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतिबारेमा जानकारी लिनु भएको छ । उहाँले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सिसिएमसीमा आवद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा छलफल गर्नुभएको छ ।

    बैठकमा सीमाविन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकताअनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो । साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्वन्धमा देखापरेका केही व्यवहारिक कठिनाइका सम्वन्धमा छलफल भएको छ ।


    शुक्रवार, मंसिर २६ २०७७०४:१७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij