Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१२१७ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

१२१७ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

  • बिहिवार, मंसिर २५ २०७७

  • 703
    SHARES

  • १२१७ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।

    हाल देशभर १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन् भने ५ सय १५ जना क्वारेन्टिनमा छन्।

     


    बिहिवार, मंसिर २५ २०७७०४:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij