Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसः आणविक अस्त्ररहित विश्व बनाउन आह्वान

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसः आणविक अस्त्ररहित विश्व बनाउन आह्वान

  • बिहिवार, मंसिर २५ २०७७

  • 1.6K
    SHARES

  • अन्तर्राष्ट्रिय मानवअधिकार दिवसः आणविक अस्त्ररहित विश्व बनाउन आह्वान

    काठमाडौं । आज डिसेम्बर १०, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाइने गरिन्छ । यो मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर मनाउने गरिन्छ ।

    अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् । मानवअधिकार तथा शान्ति समाजको आयोजनामा देशभर ४२ भन्दा बढी ठाउँमा धर्ना, जुलुशलगायतका कार्यक्रमहरु हुन लागेका हुन ।

    हजारौ मानवअधिकारवादी सहभागी हुने कार्यक्रम देशैभरी एकै समय मध्यान्ह १२ बजे हुने समाजका पूर्व अध्यक्ष तथा बरिष्ठ मानवअधिकारवादी नेता कृष्ण पहाडीले जानकारी दिनुभयो । यस पटकको दिवसमा विषेश गरेर आणविक अस्त्र रहित विश्व बनाउनका लागि आह्वान गरिने उहाँले बताउनुभयो ।

    संयुक्त राष्ट्रसंघले आणविक अस्त्र निषेध सन्धी पारित गरिसकेकाले त्यसलाई अनुमोदन गरेर संसारभरका अरबौँ मानिसको मन जित्न दवाव दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । दवाव दिनका लागि नेपालमा रहेका विभिन्न देशका दुतावासहरु अगाडि धर्ना दिने कार्यक्रमहरु पनि तय गरिएको उहाँको भनाई छ ।

    विश्वका नौ देशमा आणविक अस्त रहेको र उनीहरुले आणविक अस्त्र निषेध सन्धीलाई असफल पार्ने प्रयास गरिरहेको नेता पहाडीले जानकारी दिनुभयो । नेपालको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सुशासनको अधिकार पनि मानवअधिकारको परिभाषामा पर्ने स्पष्ट पार्दै शुसासनको विषयमा सत्तारुढ दलका अध्यक्षले नै सरकारमाथी प्रश्न उठाउदै आरोप लगाएकाले अवस्था छर्लङ्ग रहेको जवाफ दिनुभयो ।


    बिहिवार, मंसिर २५ २०७७०९:१०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij