काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ लव नरसिंह जोशीको बुधबार निधन भएको छ । मेडेसिटी अस्पतालका मेडिकल डाइरेक्टर सुनिलकुमार शर्माका अनुसार उहाँलाई कडा खालको रक्त क्यान्सर (एक्युट) माइनोब्ल्याष्टिक ल्युकोमिया एम ४० भएको थियो ।
डा. जोशीका घनिष्ट मित्र रहेका डा। शर्माका अनुसार, अघिल्लो सोमबार मात्र रोग पहिचान भएको थियो । त्यसलगत्तै मेडसिटीको इन्टेन्टिभ केयर युनिट (आईसीयू)मा राखेर उपचार थालिए पनि बचाउन नसकिएको दुःख डा. शर्माले व्यक्त गर्नुभयो ।