Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लकडाउनपछि घटेको विद्युत् खपतको दर बढेर फेरी पुरानै अवस्थामा फर्कियो

लकडाउनपछि घटेको विद्युत् खपतको दर बढेर फेरी पुरानै अवस्थामा फर्कियो

  • बिहिवार, आषाढ २५ २०७७

  • 864
    SHARES

  • लकडाउनपछि घटेको विद्युत् खपतको दर बढेर फेरी पुरानै अवस्थामा फर्कियो

    काठमाडौं । लकडाउनपछि घटेको विद्युत् खपतको दर पुरानै अवस्थामा फर्किएको छ । लकडाउनपछि उद्योग, कलकारखाना र व्यापार/व्यवसाय बन्द भएपछि बिजुलीको खपत आधा घटेको थियो ।

    घरायसी ग्राहकले मात्रै उपभोग गर्ने अवस्था रहेपछि नेपाल विद्युत् प्राधिकरणले करोडौंको सम्भावित नाफा गुमाउनुपरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले बिजुली खपत गत वर्षको यही समयको जस्तै तहमा पुगेको छ ।

    गत वर्ष असार २४ गते २४ घण्टामा २ करोड ४७ लाख ४८ हजार युनिट बिजुली खपत भएको थियो । हिजो (असार २४) प्राधिकरणको २ करोड ५० लाख ७१ हजार युनिट बिजुली खपत भएको छ ।

    प्राधिकरणले राखेको खपत बढाउने लक्ष्य पूरा हुने अवस्था भए पनि लकडाउनका कारण समस्या भएको घिसिङले बताउनुभयो ।


    बिहिवार, आषाढ २५ २०७७१२:४६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij