Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

  • मंगलवार, मंसिर २३ २०७७

  • 841
    SHARES

  • सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ आज सार्वजनिक गरिँदै छ । नापी विभागका अनुसार नेपालले आफ्नै जनशक्ति र प्रविधिको प्रयोग गरी चीनसँगको संयुक्त टोलीमा सगरमाथाको उचाइ मापन गरेको हो ।

    सर्वेक्षणबाट प्राप्त प्रतिवेदन आज नेपाल र चीन दुवै देशका सहमतिमा एकैपटक सार्वजनिक हुने विभागले जनाएको छ । यसअघि एकैपटक सार्वजनिक गर्नका लागि नेपाल सरकारले गरेको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ ।

    दिउँसो करिब दुई बजेतिर नापी विभागमा नेपालतर्फबाट उचाइ सार्वजनिक हुनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो ।

    दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको उचाइ मापन गर्न सुरु गरेको थियो ।

     


    मंगलवार, मंसिर २३ २०७७१०:१९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij