Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बलात्कार आरोपी सिद्धबाबालाई दियो अदालतले सफाइ

बलात्कार आरोपी सिद्धबाबालाई दियो अदालतले सफाइ

  • सोमवार, मंसिर २२ २०७७

  • 1.5K
    SHARES

  • बलात्कार आरोपी सिद्धबाबालाई दियो अदालतले सफाइ

    काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।  आज न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।

    जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले सिद्धबाबाल सफाइ पाउने ठहर भएको जानकारी दिनुभयो । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो ।


    सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो ।

    तर न्यायाधीश कोइरालाको इजलासले पेसी नसर्ने भन्दै सुनुवाई अघि बढाएको थियो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।

    एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।


    सोमवार, मंसिर २२ २०७७०७:२६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij