Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रहरीले सडकमा प्रधानमन्त्रीको पक्ष र विपक्ष हेर्दैन, कानून हेर्छः प्रवक्ता

प्रहरीले सडकमा प्रधानमन्त्रीको पक्ष र विपक्ष हेर्दैन, कानून हेर्छः प्रवक्ता

  • बिहिवार, आषाढ २५ २०७७

  • 783
    SHARES

  • प्रहरीले सडकमा प्रधानमन्त्रीको पक्ष र विपक्ष हेर्दैन, कानून हेर्छः प्रवक्ता

    काठमाडौँ । नेपाल प्रहरीले सडकमा भइरहेको पक्ष र विपक्षका आन्दोलनमा भेद्भाव भएको भन्ने आरोपको खण्डन गरेको छ । नेकपाभित्र चर्किएको विवादलाई लिएर कोरोना संक्रमण बढीरहेको अवस्थामा समेत सडकमा सुरक्षाका लागि खटिएको प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा आन्दोलन गर्नेलाई सुरक्षा दिएको र विपक्षमा आउनेलाई कारवाही गरेको भन्दै बढेको जनआक्रोसप्रति प्रहरीको यस्तो जवाफ आएको हो ।

    नेपाली रेडियो नेटवर्कसँग कुरागर्दै नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले अहिलेको समयमा सडकमा आन्दोलन गर्ने वा भिडभाड गर्नेको पनि सिमा निर्धारण गरिएकाले त्यो मापदण्ड भन्दा बाहिर जाने जो सुकै पनि कारवाहीको भागिदार बन्ने बताउनुभयो । प्रबक्ता शाहीले सरकारले २५ जना भन्दा बढी भेलाहुन नपाउने नियम बनाएको र सडकमा आएको यस्तो भिडलाई पहिले प्रहरीले सम्झाउने गरेको र नमाने कानून अनुसार कारवाही गरिने बताउनुभयो ।


    उहाँले पछिल्लो समयमा उपत्यका पनि कोरोना संक्रमण बढिरहेकाले नेपाल सरकारले बनाएको मापदण्ड अनुसारनै नाका र अन्य ठाउँमा चेकजाँच भइरहेको दावी गर्नुभयो । शाहीले भन्नुभयो,‘ प्रहरीले कानून र निर्देशन अनुसार काम गरिरहेको छ । नाकामा आउने मान्छे वा गाडीलाई तोकिएको मापदण्ड अनुसार गरिएको छ । कति पय उसको बाध्यता र मानवियतालाइृ पनि हेर्नुपर्छ । यो विचमा मापदण्ड नपुगेका धेरै मान्छे र गाडी पनि फिर्ता भएका छन् ।

    सत्ता समर्थकलाई साथ दिएको भन्ने कुरा गलत भएको भन्दै उहाँले नेपाल सरकारले २५ जना भन्दा बढीलाई भिड गर्न नदिएका, सडकका प्रर्दशनलाई पनि यसरी रोक्ने प्रयास भइरहेको र जवरजस्ती गर्न खोज्नेलाई स्थानीय प्रसाशन ऐन लगाएर कारवाही गरिएको बताउनुभयो । शाहीले भन्नुभयो,‘प्रहरीले प्रधानमन्त्रीको वा अरुको कसैको भनेर फरक व्यवहार गर्दैन । पहिले सम्झाउने हो र नमानेर कानून मिच्न खोज्ने सवैलाई पक्राउ गरिन्छ । हिले बजारमा आएको भिडियो बारे प्रदेश प्रमुखलाई निर्देशन दिएको छ । छानविन सुरु भएको छ । दोसी प्रहरीनै रहेछ भने कारवाही हुन्छ ।’


    बिहिवार, आषाढ २५ २०७७०८:४२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij