काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपित मोहमद अफताब आलमका भाइ महताब आलम पक्राउ परेका छन् ।
भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।
२७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसक्रममा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र
२२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप महताबमाथि छ ।
उनका दाजु अफताब गत वर्ष २६ असोजमा पक्राउ परेका थिए । उनी हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।