Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कसले चलायो बुटवलमा गोली ?

कसले चलायो बुटवलमा गोली ?

  • आइतवार, मंसिर २१ २०७७

  • 1.0K
    SHARES

  • कसले चलायो बुटवलमा गोली ?

    काठमाडौं । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो ।

    चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको थियो ।

    होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहरी टोलीलाई प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताउनुभयो ।

    उक्त होटेलमा बसेका अन्य दुई जनालाई नियन्त्रणमा लिएको र एकजना भागेको प्रहरीको भनाइ छ । प्रहरीहरु सादा पोशाकमा होटेलमा पुगेका थिए ।


    आइतवार, मंसिर २१ २०७७११:११:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij