काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा गएराति जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनास्थलमै तीन जनाको र उपचार गर्न लैजाँदै गर्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जीप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–७ वडा सचिव २८ वर्षकी मञ्जु त्रिपाठी, उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ का कृषि प्राविधिक हरिनारायण भट्टको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक मन्जु त्रिपाठीका चार वर्षीय छोराको उपचारका लागि दिपायल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचार गर्न दिपायल पठाइएको प्रहरीले जनाएको छ ।