Oct 07 2026 | २०८३, आश्विन २१ गते

२०८३, आश्विन २१ गते
  • यो साता चर्चामा :
images

दशैं अग्रिम टिकट बुकिङबारे आज छलफल

दशैं अग्रिम टिकट बुकिङबारे आज छलफल

  • मंगलवार, आश्विन २० २०८३

  • 64
    SHARES

  • दशैं अग्रिम टिकट बुकिङबारे आज छलफल

    काठमाडौँ । दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा निर्णय गर्न यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायी, मजदुर संगठन, ट्राफिक प्रहरीसहितका सरोकारवालाको बैठक बोलाएको छ। चाडबाड नजिकिए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा नखुल्दा काठमाडौँ उपत्यकाबाट घर फर्कने तयारीमा रहेका यात्रु अन्योलमा छन्। यही विषयमा छलफल गरी आवश्यक निर्णय लिन विभागले मंगलबार बिहान बैठक बोलाएको हो। केही यातायात कम्पनीले भने अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका छन्। सबै सार्वजनिक यातायातका लागि अग्रिम बुकिङ खुल्ने मिति तय नभएकाले यात्रुमा अन्योल कायमै छ।

    प्रहरीदेखि व्यवसायी र मजदुर संगठनसम्म छलफलमा
    विभागले बैठकमा प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई बोलाएको छ। त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघलाई पनि बैठकमा आमन्त्रण गरिएको छ। बैठकमा अग्रिम टिकट बुकिङ खोल्ने मितिसँगै चाडबाडका बेला यात्रुको चाप व्यवस्थापन, सार्वजनिक यातायातको उपलब्धता तथा सुरक्षित र व्यवस्थित यात्राका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    १० लाखभन्दा बढीले उपत्यका छाड्ने आकलन
    यस वर्ष दसैं अवधिभर काठमाडौँ उपत्यकाबाट १० लाखभन्दा बढी यात्रु बाहिरिने आकलन गरिएको छ। दसैँमा एकैपटक यात्रुको चाप बढ्दा टिकट अभाव हुने, बसपार्कमा लामो लाइन बस्नुपर्ने तथा घर फर्कने यात्रुले सास्ती व्यहोर्नुपर्ने समस्या विगतदेखि दोहोरिँदै आएको छ। यसपटक पनि चाडबाड नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङको औपचारिक निर्णय हुन बाँकी रहेकाले मंगलबारको बैठकबाट टिकट खुलाउने समयसहित आवश्यक व्यवस्थापनबारे निर्णय हुने अपेक्षा गरिएको छ।


    मंगलवार, आश्विन २० २०८३०६:५८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij