काठमाडौं । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका तराई भूभागमा पनि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू(भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू(भाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू(भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तराईका भू(भागमा बिहानपख हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ।