Sep 30 2026 | २०८३, आश्विन १४ गते

२०८३, आश्विन १४ गते
  • यो साता चर्चामा :
images

देशभर झरी रोकिएसँगै मौसम खुल्योः आजदेखि तराई क्षेत्रमा गर्मी बढ्ने

देशभर झरी रोकिएसँगै मौसम खुल्योः आजदेखि तराई क्षेत्रमा गर्मी बढ्ने

  • मंगलवार, आश्विन १३ २०८३

  • 52
    SHARES

  • देशभर झरी रोकिएसँगै मौसम खुल्योः आजदेखि तराई क्षेत्रमा गर्मी बढ्ने

    काठमाण्डौ – देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ । गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो ।
    पछिल्लो २४ घण्टामा छिटफुटबाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो । पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसैदिन दिउँसोदेखि नै झरी रोकिएको थियो । अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्न रोकिएसँगै बिहानबेलुका चिसो भएपनि दिउँसो गर्मी हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तराईका सबैजसो भागमा गर्मी बढ्नेछ । आज हिमाली र पहाडी भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।


    मंगलवार, आश्विन १३ २०८३०६:२७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij