Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आज विश्व माटो दिवस, बिभिन्न कार्यक्रम गरेर मनाइँदै

आज विश्व माटो दिवस, बिभिन्न कार्यक्रम गरेर मनाइँदै

  • शनिवार, मंसिर २० २०७७

  • 1.8K
    SHARES

  • आज विश्व माटो दिवस, बिभिन्न कार्यक्रम गरेर मनाइँदै

    काठमाडौं । आज विश्व माटो दिवस बिभिन्न कार्यक्रम गरेर मनाईदै छ ।  यो वर्ष 'सजिव माटो, जैविक विविधता संरक्षणको बाटो' भन्ने मुल नाराका साथ यो दिवस मनाईदै छ ।

    स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउँदै आएको छ ।

    थाइल्याण्डका राजा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो ।

    जमिनमुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरुको भनाइ छ ।


    शनिवार, मंसिर २० २०७७०८:२६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij