काठमाडौं । हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छ।
सदरमुकाम सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिनुभयो ।
हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाँडाफयामा गए राति ११ बजे जीप दुर्घटनामा परेको बिष्टले बताउनुभयो ।
जिप सडकबाट करिब पाँच सय मिटर तल पुगेको छ। दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।