बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलको २५ लाख २५ हजार सहयोग
बाढी प्रभावितलाई बुटवलका व्यवसायी पौडेलको २५ लाख २५ हजार सहयोग
शुक्रवार, भाद्र २६ २०८३
48
SHARES
बुटवल । बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयां सहयोग गरेका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
पौडेलले व्यक्तिगतरुपमा यो रकम कोषमा जम्मा गरेको बताए । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुन् ।
‘रसुवा, धादिङ, नुवाकोट लगायत जिल्लामा नेपालको इतिहासकै ठूलो विपत्ति आएको र मुलुकले खर्बौं क्षति व्यहोरेको पीडादायी अवस्थामा सबै नेपालीले गच्छे अनुसार सरकारलाई सहयोग गर्नुपर्ने नागरिक दायित्ववोध गरेर कोषमा रकम जम्मा गरेको हुं’–पौडेलले भने–‘दुखको समयमा एक नेपालीले अर्को नेपालीलाई राहत पु¥याउनु नै सच्चा मानव धर्म हो ।
’ आफू अध्यक्ष रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यसअघि नै ६५ लाख रुपैयां प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको पनि पौडेलले जानकारी दिए ।