Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सशस्त्रका प्रहरी सहायक हवल्दार ३५ हजार घुससहित पक्राउ

सशस्त्रका प्रहरी सहायक हवल्दार ३५ हजार घुससहित पक्राउ

  • शनिवार, मंसिर २० २०७७

  • 885
    SHARES

  • सशस्त्रका प्रहरी सहायक हवल्दार ३५ हजार घुससहित पक्राउ

    काठमाडौं । कपिलवस्तुमा सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुससहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट, कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ घुस रकमसहित पक्राउ परेका हुन् ।

    घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कृष्णनगर नगरपालिका वडा नं.२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई घुस रकम लिइरहेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

    उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


    शनिवार, मंसिर २० २०७७०६:४९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij