Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

हिमालयन बुलियनद्वारा १ करोड १ लाख सहयोगको घोषणा

हिमालयन बुलियनद्वारा १ करोड १ लाख सहयोगको घोषणा

  • शनिवार, भाद्र १३ २०८३

  • 336
    SHARES

  • हिमालयन बुलियनद्वारा १ करोड १ लाख सहयोगको घोषणा

    काठमाडौं । नेपालको निजी क्षेत्रभित्र तीव्र गतिमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि आफूलाई अब्बल साबित गरेको छ। नुवाकोट, रसुवा, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि कम्पनीले कुल एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको हो।

    व्यावसायिक सफलता, तीव्र विस्तार र भविष्यको ठूलो सम्भावनासँगै अब सर्वसाधारणलाई समेत कम्पनीको यात्रामा साझेदार बनाउने गरी आईपीओको तयारीमा रहेको हिमालयन बुलियनले विपत्तिको घडीमा देखाएको यो सहयोगलाई कम्पनीको सामाजिक उत्तरदायित्वप्रतिको उच्च प्रतिबद्धताका रूपमा हेरिएको छ।

    कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारको दुःखमा मानवीय संवेदना, साथ र सहयोगका साथ उभिने प्रतिबद्धता जनाएको छ।

    हिमालयन बुलियन कम्पनीले बाढी प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ। कम्पनीले यसअघि प्रदान गरेको २१ लाख रुपैयाँ सहयोगमा थप ८० लाख रुपैयाँ वृद्धि गर्दै कुल सहयोग रकम एक करोड एक लाख रुपैयाँ पु¥याएको हो।

    कम्पनीका प्रतिनिधिहरूले उक्त रकमको चेक अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन्। यस क्रममा कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन धिमिरे र राजेन्द्र न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

    व्यवसाय मात्र होइन, राष्ट्र र समाजप्रतिको जिम्मेवारी
    सन् २००० मा स्थापित हिमालयन बुलियन कम्पनी लिमिटेडले दुई दशकभन्दा बढीको यात्रामा आफूलाई बलियो, विश्वसनीय र प्रभावशाली व्यावसायिक संस्थाका रूपमा स्थापित गर्दै आएको छ। काठमाडौंमा मुख्य कार्यालय रहेको कम्पनीले बुटवल, वीरगञ्ज, चितवन र कञ्चनपुरलगायत विभिन्न क्षेत्रमा आफ्नो व्यावसायिक उपस्थिति विस्तार गरेको छ।

    कम्पनीको निरन्तर विस्तार, बलियो व्यावसायिक आधार र भविष्यप्रतिको स्पष्ट दृष्टिकोणका कारण हिमालयन बुलियनलाई नेपालको निजी क्षेत्रका सबैभन्दा सम्भावनायुक्त र तीव्र गतिमा अगाडि बढिरहेका कम्पनीहरूमध्ये एकका रूपमा हेरिएको छ।

    अझ महत्वपूर्ण कुरा, कम्पनी अब आईपीओमार्फत आम नेपाली नागरिकलाई समेत आफ्नो व्यावसायिक यात्रामा सहभागी गराउने दिशामा अघि बढिरहेको छ। यसले कम्पनीलाई अझ व्यापक स्वामित्व, पारदर्शिता र संस्थागत विकासको नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। कम्पनीको आईपीओले लगानीकर्तामाझ पनि विशेष चासो सिर्जना गरिरहेको बताइन्छ।

    विपत्तिको समयमा एक करोडभन्दा बढी आर्थिक सहयोग गरेर हिमालयन बुलियनले स्पष्ट सन्देश दिएको छ—कम्पनी ठूलो हुनु भनेको केवल कारोबार र नाफामा ठूलो हुनु होइन, संकटको घडीमा देश र नागरिकको साथमा उभिन सक्नु पनि हो।
    नेपालकै नम्बर–१ कम्पनी बन्ने महत्वाकांक्षी लक्ष्य, देशभर विस्तार हुँदै गएको उपस्थिति, बलियो व्यावसायिक क्षमता र समाजप्रतिको जिम्मेवारीका कारण हिमालयन बुलियन कम्पनी लिमिटेडको यात्रा अहिले केवल एउटा कम्पनीको व्यावसायिक सफलता मात्र नभई नेपाली निजी क्षेत्रको सम्भावनाको उदाहरण बन्दै गएको छ।

    आईपीओमार्फत आम नेपालीलाई स्वामित्वमा जोड्ने तयारीसँगै व्यावसायिक विस्तार र सामाजिक सेवामा समेत अग्रसर हिमालयन बुलियनले भविष्यमा नेपालको नम्बर–१ तथा विश्वसनीय अग्रणी कम्पनीका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यतर्फ तीव्र गतिमा अघि बढिरहेको छ।

     


    शनिवार, भाद्र १३ २०८३०४:२७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij