Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

स्वर सम्राट नारायण गोपालको स्मृति दिवस आज मनाइँदै

स्वर सम्राट नारायण गोपालको स्मृति दिवस आज मनाइँदै

  • शुक्रवार, मंसिर १९ २०७७

  • 2.4K
    SHARES

  • स्वर सम्राट नारायण गोपालको स्मृति दिवस आज मनाइँदै

    काठमाडौं । स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस आज मनाइँदैछ । १९९६ सालमा असोज १८ गते काठमाण्डौको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

    आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पनि पाउनुभएको छ । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षणमा उत्तीर्ण भएपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभएको थियो ।

    उहाँले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै एक सय ३५ भन्दा धेरै गीत गाउनुभएको रेकर्ड छ । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ ।

    नारायण गोपाल २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत हुनु भएको थियो भने २०२४ सालमा सर्वोत्कृष्ट गायकको पुरस्कार पाउनु भएको थियो ।

    नारायण गोपालले गाउनुभएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ । उहाँले गाएका गल्ती हजार हुन्छन्, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत अहिले पनि लोकप्रिय र अजरअमर छन् ।


    शुक्रवार, मंसिर १९ २०७७०८:५२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij