Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आर्थिक संकट टार्न सरकार र निजी क्षेत्र मिल्नैपर्छः डा. प्रकाशचन्द्र लोहनी

आर्थिक संकट टार्न सरकार र निजी क्षेत्र मिल्नैपर्छः डा. प्रकाशचन्द्र लोहनी

  • शुक्रवार, जेठ ८ २०८३

  • 159
    SHARES

  • आर्थिक संकट टार्न सरकार र निजी क्षेत्र मिल्नैपर्छः डा. प्रकाशचन्द्र लोहनी

    काठमाडौँ । मुलुकको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा ल्याउन सरकार र निजी क्षेत्र दुवै हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा पूर्वअर्थमन्त्री एवं वरिष्ठ अर्थशास्त्री डा. प्रकाशचन्द्र लोहनीले जोड दिनुभएको छअ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा कुरा गर्दै उहाँले देशको वर्तमान आर्थिक अवस्था सुधार्न सरकारले आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएको हो ।
    डा. लोहनीले अबको बजेट र लगानी नीति कस्तो हुनुपर्छ भन्नेबारे कडा र व्यावहारिक सुझावहरू प्रस्तुत गर्नुभएको छ। उहाँले राज्यको ढुकुटी जथाभाबी खर्च गर्नुको साटो अब तुरुन्त र प्रत्यक्ष प्रतिफल दिने सुनिश्चित क्षेत्रहरूमा मात्र लगानी केन्द्रित गर्नुपर्ने जोड दिनुभयो ।
    देशमा पुँजी भित्र्याउनका लागि कुशल र क्षमतावान् लगानीकर्ताहरूलाई आकर्षित गर्ने सुरक्षित र अनुकूल वातावरण तयार पार्न सरकार ढिलो भइसकेकोले कृषिको डिजिटलाइजेसन गर्नुपर्ने बताउनुभयो । खाद्य, ऊर्जा र व्यवसायको उत्थानः मुलुकलाई आत्मनिर्भर बनाउन खाद्य सुरक्षा, ऊर्जा उत्पादन र देशभित्रका व्यावसायिक क्षेत्रलाई माथि उठाउने विशेष मेकानिजम तत्काल ल्याउन आवश्यक रहेकोमा उहाँको जोड छ ।
    डा. लोहनीले देशको नयाँ पुस्ता र अर्थशास्त्रीहरूको टिमप्रति पनि सकारात्मक भरोसा व्यक्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र उहाँको टिमले नेपाली अर्थतन्त्रमा केही न केही सकारात्मक प्रभाव छोड्न सक्नेमा आम जनता जस्तै आफू पनि निकै आशावादी रहेको उहाँले स्पष्ट पार्नुभयो । विगतका गल्तीहरूबाट सिकेर सरकारले विज्ञहरूको सुझाव र निजी क्षेत्रको सहकार्यलाई आत्मसात् नगरे मुलुक अझै ठुलो आर्थिक संकटमा फस्ने चेतावनी डा. लोहनीको छ। 


    शुक्रवार, जेठ ८ २०८३०९:५२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij