Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक सयको नोटमा नयाँ नक्सा राख्ने निर्णय अव्यावहारिक - पूर्व गभर्नर डा. नेपाल

एक सयको नोटमा नयाँ नक्सा राख्ने निर्णय अव्यावहारिक - पूर्व गभर्नर डा. नेपाल

  • मंगलवार, बैशाख २९ २०८३

  • 269
    SHARES

  • एक सयको नोटमा नयाँ नक्सा राख्ने निर्णय अव्यावहारिक - पूर्व गभर्नर डा. नेपाल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवि नेपालले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय राष्ट्रियताका हिसाबले सकारात्मक देखिए पनि व्यावहारिक र कूटनीतिक दृष्टिकोणले चुनौतीपूर्ण रहेको बताएका छन्।

    नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै डा. नेपालले नोट राष्ट्रिय प्रतीक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनुपर्ने वस्तु भएको उल्लेख गरे। भारतसँग सीमा विवाद कायम रहेको अवस्थामा नोटमा नयाँ नक्सा राख्दा अन्तर्राष्ट्रिय व्यापार र सम्बन्धमा समस्या आउन सक्ने उनको तर्क छ।

    “कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने विषयलाई नोटमा राखेर उत्तेजित बनाउनु भन्दा वार्ताबाट हल खोज्नु राम्रो हुन्थ्यो,“ उनले भने। नोटमा नक्सा राख्दैमा जमिन फिर्ता नआउने भन्दै उनले यदि भारतले उक्त नोट स्वीकार नगरेमा सीमावर्ती क्षेत्रका साना व्यापारी र सर्वसाधारणले ठूलो सास्ती भोग्नुपर्ने चेतावनी दिए।

    यस्तै, डा. नेपालले नयाँ नोट छपाइको प्रक्रिया लामो, प्राविधिक रुपमा जटिल र खर्चिलो हुने बताएका छन् । अहिलेको आर्थिक संकटको समयमा नयाँ प्लेट र डिजाइनका लागि हुने खर्च र मुद्राको विश्वसनीयतामा पर्न सक्ने प्रभावबारे राष्ट्र बैंक गम्भीर हुनुपर्ने उनको भनाइ छ। सरकारको निर्णयपछि राष्ट्र बैंकले प्रक्रिया अगाडि बढाउनुपर्ने भए पनि यसका बहुआयामिक असरहरुबारे सोच्नुपर्ने बताएका छन् ।


    मंगलवार, बैशाख २९ २०८३०७:५०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij