Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय जीवन बीमाले सम्पूर्ण आर्थिक कारोबारलाई बनायो कागजातविहीन, अत्याधुनिक मोबाइल एप सार्वजनिक

राष्ट्रिय जीवन बीमाले सम्पूर्ण आर्थिक कारोबारलाई बनायो कागजातविहीन, अत्याधुनिक मोबाइल एप सार्वजनिक

  • बुधवार, बैशाख २ २०८३

  • 268
    SHARES

  • राष्ट्रिय जीवन बीमाले सम्पूर्ण आर्थिक कारोबारलाई बनायो कागजातविहीन, अत्याधुनिक मोबाइल एप सार्वजनिक

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आफ्ना ग्राहकवर्गलाई थप सरल, सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक मोबाइल एप सार्वजनिक गरेको छ । साथै सम्पूर्ण आर्थिक कारोबारलाई कागजातविहीन बनाएको जनाएको छ ।

    राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले सेवाग्राहीहरूले कम्पनीको सेवा प्राप्त गर्न कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गरेको जानकारी दिदै विभिन्न सेवा सुविधाहरू डिजिटल माध्यमबाटै प्राप्त गर्न सक्ने जनाएको छ ।

    मोबाइल एप मार्फत गुगल प्ले स्टोरबाट कम्पनीको आधिकारिक एप डाउनलोड गरी बीमा शुल्क भुक्तानी ,आफ्नो बीमा योजनाको विवरण, प्रिमियम गणना र अभिकर्ता सम्बन्धी जानकारी तुरुन्तै प्राप्त गर्न सकिनेछ।

    साथै अनलाइन भुक्तानीबारे बीमा शुल्क र कर्जाको साँवा–ब्याज अब घरैबाट Connect IPS, eSewa, Khalti तथा Fonepay मार्फत सहजै भुक्तानी गर्न सकिनेछ।

    कागजातविहीन आर्थिक कारोबार सम्वन्धमा कम्पनीबाट हुने दाबी भुक्तानी , भेन्डर भुक्तानी लगायतका सम्पूर्ण खर्च एवं भुक्तानी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरी पूर्ण रूपमा ’पेपरलेस’ बनाइएको राष्ट्रिय जीवन बीमाले जनाएको छ ।

    प्रविधिको उच्चतम प्रयोगबाट सेवा प्रवाहमा अझ सहज, सुरक्षित, प्रभावकारीता, पारदर्शिता, शीघ्रता र विश्वस्तनियता कायम हुने कम्पनीले विश्वास लिएको छ।

    साथै, कम्पनीले आगामी दिनहरूमा समेत सूचना प्रविधिमा आधारित सेवाहरूको थप विस्तार, स्तरोन्नति तथा नवप्रवर्तन गर्दै सेवाग्राहीको सन्तुष्टि अभिवृद्धि गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

    सम्पूर्ण सेवाग्राहीहरूलाई उपलब्ध डिजिटल सेवाहरूको अधिकतम उपयोग गर्न साथै थप जानकारीका लागि कम्पनीको वेबसाइट www.rbs.gov.np हेर्नुहुन वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध समेत गरेको छ ।


    बुधवार, बैशाख २ २०८३०४:५०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij