Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

वरिष्ठ पत्रकार दाहाललाई पितृ शोक

वरिष्ठ पत्रकार दाहाललाई पितृ शोक

  • शनिवार, चैत्र २१ २०८२

  • 307
    SHARES

  • वरिष्ठ पत्रकार दाहाललाई पितृ शोक

    काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार तारानाथ दाहाललाई पितृ शोक परेको छ। उहाँका पिता केदारनाथ दाहालको ९५ वर्षको उमेरमा शुक्रबार साँझ भक्तपुरको कौशलटारस्थित निवासमा निधन भएको हो। दाहालको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ।

    वि.सं. १९८९ असोज १८ गते जन्मनुभएका स्वर्गीय दाहाल शिक्षासेवी, समाजसेवी तथा स्थानीय राजनीतिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले तत्कालीन सिन्धुपाल्चोकको शिखरपुर गाउँपञ्चायतमा करिब १४ वर्ष उपप्रधानपञ्चका रूपमा सेवा गर्नुभएको थियो भने जिल्ला पञ्चायत सदस्यको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो।

    उहाँले मेलम्ची नगरपालिका–१० मा रहेको शीतलादेवी माध्यमिक विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। स्वर्गीय दाहालका इन्द्रप्रसाद दाहाल, इन्द्रमणि दाहाल, दधि प्रसाद दाहाल, नुनप्रसाद दाहाल र तारानाथ दाहाल लगायत ५ छोरा तथा सरस्वती र अम्बिका गरी २ छोरी रहेका छन्।

    उहाँको निधनप्रति पत्रकार, सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।


    शनिवार, चैत्र २१ २०८२०८:१८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij