Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : अपाङ्गता भएकाहरु प्रतिको नकारात्मक धारणा न्यूनीकरणमा राष्ट्रपतिको जोड

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : अपाङ्गता भएकाहरु प्रतिको नकारात्मक धारणा न्यूनीकरणमा राष्ट्रपतिको जोड

  • बिहिवार, मंसिर १८ २०७७

  • 840
    SHARES

  • अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : अपाङ्गता भएकाहरु प्रतिको नकारात्मक धारणा न्यूनीकरणमा राष्ट्रपतिको जोड

    काठमाडौं । अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा साताव्यापी कार्यक्रमसहित दिवस मनाइँदै छ ।

    दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

    देश विदेशमा रहेका फरक क्षमता भएका सबैलाई शुभकामना दिँदै राष्ट्रपतिले अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक धारणा न्यूनीकरण गर्न र अपाङ्गता भएका व्यक्तिप्रति समाज र सरोकारवालाको व्यवहारमा परिवर्तन ल्याउन यस दिवसको महत्व रहेको चर्चासमेत गर्नुभएको छ ।

    उहाँले फरक क्षमता भएका व्यक्तिहरूको क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवं सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।


    बिहिवार, मंसिर १८ २०७७१०:१४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij