Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

धादिङ बस दुर्घटनामा १९ जनाको मृत्यु, अध्ययन गर्न कार्यदल गठन, लगातारका दुर्घटनाप्रति राज्य निरिह, कार्यदलका प्रतिवेदन रद्धिको टोकरीमा (खासखबर)

धादिङ बस दुर्घटनामा १९ जनाको मृत्यु, अध्ययन गर्न कार्यदल गठन, लगातारका दुर्घटनाप्रति राज्य निरिह, कार्यदलका प्रतिवेदन रद्धिको टोकरीमा (खासखबर)

  • सोमवार, फाल्गुण ११ २०८२

  • 345
    SHARES

  • धादिङ बस दुर्घटनामा १९ जनाको मृत्यु, अध्ययन गर्न कार्यदल गठन, लगातारका दुर्घटनाप्रति राज्य निरिह, कार्यदलका प्रतिवेदन रद्धिको टोकरीमा  (खासखबर)

    काठमाडौं । नेपालमा पछिल्लो समय सवारी दुर्घटनामा तीव्र वृद्धि हुँदै गएको छ । दैनिक रूपमा हुने दुर्घटनाले मानवीय क्षति मात्र होइन, सामाजिक र आर्थिक असर समेत गहिरो बनाउँदै लगेको छ ।

    सवारी दुर्घटना नेपालका लागि गम्भीर चुनौती बनेको छ । समयमै प्रभावकारी कदम नचाल्दा यसले भयावह रूप लिईरहेको छ । हालै मात्र नेपालमा सवारी साधन दुर्घटनाबाट ठुलो मानविय क्षति भएको छ । एक महिनाको अवधिमा बैतडीमा जन्ती बस दुर्घटनामा ठुलो मानवीय क्षति भयो । त्यसैगरि रामेछापमा पनि सवारी दुर्घटनामा धेरैले ज्यान गुमाउनुपर्यो । बैतडीमा १३ जना र रामेछापमा भएका दुर्घटनामा १४ जनाले ज्यान गुमाएका थिए ।

    दिनहुँजसो भएका दुर्घटनामा मानवीय क्षति भईरहेको छ । गएराति पनि पोखराबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाउनु परेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

    ४४ जना यात्रु सवार ग.२ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौडामा दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएका १९ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेलायतका २४ वर्षीय स्टिवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र भारत, उत्तर प्रदेश प्रान्त, बसहरी बहराइच घर भएका ३२ वर्षका मनिष शुक्लाको ज्यान गएको छ । कास्की पोखरा महानगरपालिका वडा नं ३० बस्ने अन्दाजी वर्ष ४० का विवेक बस्तोला, स्याङ्जा वालिङ–१४ घर भई हाल काठमाडौं, नागार्जुन नगरपालिका वडा नं ६ बस्ने वर्ष ६३ का चन्द्रबहादुर कुँवर, तनहुँ व्यास नगरपालिका वडा नं ४ बस्ने अन्दाजी वर्ष ४० का ओमकुमार मल्ल, धादिङ साविक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ठकुरी र तनहुँ शुक्लागण्डकी नगरपालिका–७, मालेबगर बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकालको दुर्घटनामा मृत्यु भएको छ ।

    यस्तै काडमाडौ महानगरपालिका बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष ४२ का लोबसाङ गोले, तनहुँ भीमनगर नगरपालिका वडा नं ६ बस्ने अन्दाजी वर्ष ४६ का हरिप्रसाद सिग्देल, पाल्पा तानसेन नगरपालिका वडा नं २ बस्ने अन्दाजी वर्ष ५५ का नबिन्द्र श्रेष्ठ, तनहुँ शुक्लागण्डकी गाउँपालिका वडा नं ७ बस्ने वर्ष ६३ का रुद्रप्रसाद ढकाल, शुक्लागण्डकी वडा नं २ बस्ने वर्ष २० की अर्चना पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै कास्की पोखरा महानगरपालिका वडा नं १४, चाउथे बस्ने वर्ष २१ की अञ्जली क्षेत्री, माछापुच्छ्रे गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का रोहित नेपाली, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी, काठमाडौं महानगरपालिका वडा नं ३२, बुद्धनगर बस्ने वर्ष ३३ की अनिशा महर्जन, मोरङ उर्लाबारी–१ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी र कास्की, पोखरा महानगरपालिका वडा नं १९ बस्ने वर्ष २६ का सुजित नेपालीको ज्यान गएको छ ।

    घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

    दुर्घटना हुनुको कारण पत्ता लाग्न सकेको छैन । सरकारले धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन र छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

    कार्यदलले दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्नेछ । जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनाको प्रारम्भिक अनुशन्धान गर्दा चालकको कमजोरी नदेखिएको बताएको छ । घाइतेहरुसँग थप सोधपुछ गरेर दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश दाहालले बताउनु भयो ।

    राजमार्गमा भएको यो पहिले दुर्घटना भने होइन । यसअघि २०८१ असार २८ गते सिमलतालमा भयानक दुर्घटना भएको थियो । बेपत्ता भएको बसको पाटपुर्जा भेट्ट्याउन नै वर्षौ लाग्यो । गएराती पनि सोही सडकखण्डमा दुर्घटना भयो । दुर्घटना सडकको अबस्थाको कारण भएको हो त? 

    प्रहरीलाई उद्धार गर्न पनि कठिनाई परेको उहाँले बताउनु भयो । उद्धारका लागि आधुनिक उपकरणकै अभाव ब्यहोर्नु परेको प्रवक्ता दाहालले बताउनु भयो ।

    धादिङमा भएको दुर्घटना प्रतिनिधि घटना हो । केही दिन अघि रामेछाप, बैतडिमा पनि मानविय क्षति हुने गरी दुर्घटना भएका थिए । दुर्घटना हुने वित्तिकै राज्यका निकाय ताते जस्तो गर्छन । अध्ययन अनुशन्धानका लागि समिति, कार्यदल गठन हुन्छन् । गतवर्ष सिमलतालमा भएको दुर्घटनाको छानविन गरेर सुझाव कार्यान्वय गर्न १२ बुँदे सुझाव दिइएको थियो । जुन सुझाव

    हालसम्म पनि दराजमै थन्किएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउनुहुन्छ । आज बनेको कार्यदलको प्रतिवेदन रद्धीको टोकरीमा फाल्ने काम हुन नहु्ने उहाँले बताउनु भयो ।

    दुर्घटना बाजा बजाएर आउँदैन । त्यसैले दुर्घटना हुनै नदिन सरोकारवाल स्वयं चनाखो बन्नै पर्छ । राज्यका निकाय, गैरसरकारी संस्थाहरुले समेत सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएका छन् । तर, ति कार्यक्रम देखावटी मात्रै बनेका छन् । मानविय क्षति हुन नदिन सरोकारवाला निकाय दुर्घटना हुँनै नदिन गम्भीर बन्नु जरुरी छ ।

     


    सोमवार, फाल्गुण ११ २०८२०८:२५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij