Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारत उडान छिट्टै सञ्चालनमा आउने, सुरुवातमा काठमाडौँ–दिल्ली मात्रै हुने

नेपाल–भारत उडान छिट्टै सञ्चालनमा आउने, सुरुवातमा काठमाडौँ–दिल्ली मात्रै हुने

  • मंगलवार, मंसिर १६ २०७७

  • 1.3K
    SHARES

  • नेपाल–भारत उडान छिट्टै सञ्चालनमा आउने,  सुरुवातमा काठमाडौँ–दिल्ली मात्रै हुने

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली(काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो ।

    मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिनुभयो ।

    सहसचिव लामिछानेका अनुसार सुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन । कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो ।


    मंगलवार, मंसिर १६ २०७७०७:२५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij