Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोरोनाका कारण रोकिएका त्रिविका क्याम्पसमा नियमित पढाइ सुरू हुने

कोरोनाका कारण रोकिएका त्रिविका क्याम्पसमा नियमित पढाइ सुरू हुने

  • मंगलवार, मंसिर १६ २०७७

  • 1.0K
    SHARES

  • कोरोनाका कारण रोकिएका त्रिविका क्याम्पसमा नियमित पढाइ सुरू हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ ।

    त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोनाका कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्राध्यापक डा. शिवलाल भुसालले जानकारी दिनुभयो ।

    स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँके भाई छ । कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजिएको उहाँले बताउनुभयो ।

    भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

    यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ । त्रिविले पूर्वतयारी र सतर्कता अपनाउँदै परीक्षाहरू पनि भौतिक रुपमै सञ्चालन गर्ने भएको छ ।


    मंगलवार, मंसिर १६ २०७७०७:२०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij