Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

रमेश प्रसाईं र नन्दा सिंह लगनगाँठो कस्दै

रमेश प्रसाईं र नन्दा सिंह लगनगाँठो कस्दै

  • मंगलवार, मंसिर १६ २०७७

  • 2.4K
    SHARES

  • रमेश प्रसाईं र  नन्दा सिंह लगनगाँठो कस्दै

    काठमाडौँ । पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक जीवनमा बाँधिने भएका छन्। फरक क्षमताका प्रसाईंले कालिकोटकी नन्दा सिंहसँग विवाह निश्चित गरेका हुन्।

    धरानका प्रसाईंले यही मंसिर २२ गते परम्परागत विवाह गर्न लागेको हुन्।

    तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना दृष्टिविहीन छन्। अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं सामाजिक सञ्जालमा लोकप्रिय छन्।

    पछिल्लो समय एक टेलिभिजनमा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनको चर्चा थप चुलिएको छ। सिंहले काठमाडौँमा बालआश्रम चलाइरहेकी छिन्।


    मंगलवार, मंसिर १६ २०७७०७:१३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij