Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच स्वास्थ्य सेवा छुट सम्झौता

नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच स्वास्थ्य सेवा छुट सम्झौता

  • मंगलवार, मंसिर २३ २०८२

  • 354
    SHARES

  • नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच स्वास्थ्य सेवा छुट सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रा.लिबीच बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सोमबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले पाटन हेल्थ ल्याबबाट उपचारका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन्।

    सम्झौतामार्फत प्याथोलोजी सेवाका लागि निःशुल्क होमडेलिभरी सुविधासमेत उपलब्ध हुनेछ। सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि. का प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गर्नुभएको हो।

    यस व्यवस्थाबाट बैंकका कर्मचारी तथा ग्राहकहरूलाई पाटन हेल्थ ल्याबमार्फत सहुलियतपूर्ण स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुने जनाइएको छ ।


    मंगलवार, मंसिर २३ २०८२११:४६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij