काठमाडौं । अप्रवासी नेपाली संघ (एनआरएनए) न्यूजिल्यान्डले हक्सबे नेपाली समाजको सहकार्यमा बारिस्ता तालिम सञ्चालन गर्ने भएको छ। तालिम डिसेम्बर ८ र १५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म द एभरेस्ट रेस्टुरेन्ट, ८५ हेस्टिङ् स्ट्रीट, नेपियरमा हुनेछ।
सहभागीहरूले कफी बनाउने सीप, लेटे आर्ट, मेसिन संचालनदेखि क्याफेमा आवश्यक आधारभूत बारिस्ता कौशल सिक्ने अवसर पाउने छन्। नेपाली समुदायलाई रोजगारीमा आवश्यक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको एनआरएनएले जनाएको छ।
कार्यक्रमका लागि एनआरएनएका प्रतिनिधि नबिन खनालमार्फत सम्पर्क गर्न सकिने र यो तालिम द एभरेस्ट रेस्टुरेन्टले प्रायोजन गरेको समेत जानकारी गराइएको छ।