Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसका नेता खतिवडालाई पितृशोक

नेपाली कांग्रेसका नेता खतिवडालाई पितृशोक

  • सोमवार, कार्तिक १७ २०८२

  • 751
    SHARES

  • नेपाली कांग्रेसका नेता खतिवडालाई पितृशोक

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद रामहरी खतिवडालाई पितृशोक परेको छ।

    उहाँका पिता ७९ वर्षीय जीवनाथ खतिवडाको हिजो साँझ काठमाडौँको डिल्लीबजारस्थित निवासमै निधन भएको परिवार स्रोतले जनाएको छ। स्वर्गीय खतिवडाको आज बिहान ८ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

    उहाँका श्रीमती, कांग्रेस नेता रामहरी खतिवडासहित पाँच छोरा र एक छोरी रहनुभएको छ। स्वर्गीय खतिवडा लामो समयदेखि राजनीतिक तथा सामाजिक सेवामा क्रियाशील हुनुहुन्थ्यो ।

    स्वर्गीय खतिवडाको निधनप्रति राजनीतिक, सामाजिक क्षेत्रका व्यक्तित्वहरू, शुभेच्छुक र इष्टमित्रहरूले गहिरो शोक र श्रद्धाञ्जली प्रकट गरेका छन्।


    सोमवार, कार्तिक १७ २०८२०६:५३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij