Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फोहोर व्यबस्थानका लागी बञ्चरेडाँडाको अवरोध हट्यो, १५ दिनभित्र माग सम्बोधन गर्ने प्रतिवद्धता, माग पुरा नभए पुनः आन्दोलनको चेतावनी (खासखबर)

फोहोर व्यबस्थानका लागी बञ्चरेडाँडाको अवरोध हट्यो, १५ दिनभित्र माग सम्बोधन गर्ने प्रतिवद्धता, माग पुरा नभए पुनः आन्दोलनको चेतावनी (खासखबर)

  • आइतवार, कार्तिक १६ २०८२

  • 1.4K
    SHARES

  • फोहोर व्यबस्थानका लागी बञ्चरेडाँडाको अवरोध हट्यो, १५ दिनभित्र माग सम्बोधन गर्ने प्रतिवद्धता, माग पुरा नभए पुनः आन्दोलनको चेतावनी (खासखबर)

    काठमाडौं। बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यबस्थापनमा उत्पन्न अवरोध हटेको छ। विगतका सहमती कार्यान्यावनको माग गर्दै स्थानियहरुले अवरोध गरेपछी गत विहिबारदेखी काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित भएको थियो।

    चारदिनदेखी फोहोर व्यवस्थापन रोकिएपछी उत्पन्न समस्या समाधानका लागी आज शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्यान्डफिल साइटमै पुगेर प्रभावित स्थानीय बासिन्दासँग यसअघिका सम्झौता १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो।

    यसअघि २०७९ सालमा सरकार र काठमाडौं महानगर पालिकाले स्थानीय वासिन्दासँग छुट्टैछुट्टै भएको १८ बुँदे सहमति अहिलेसम्म पनि कार्यान्वयन नभएको भन्दै आक्रोशीत बनेका स्थानीयवासीले चारदिनदेखी फोहोर विसर्जनमा अवरोध गरेका हुन्।

    त्यतिबेला गरिएको उक्त १८ बुँदे सहमतीमा निश्चित समयभित्र प्रभावित क्षेत्रको भौतिक तथा सामाजिक विकासमा सहयोग र दीर्घकालीन रूपमा वातावरणीय सुधार गर्ने प्रतिबद्धतासहित एक महिनाभित्र फोहरको दुर्गन्ध व्यवस्थापन र फोहर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था मिलाउने, दुई महिनाभित्र फोहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी वैज्ञानिक व्यवस्थापन गर्नेलगाएत उल्लेख गरिएको थियो।

    यस्तै, भौतिक पूर्वाधारतर्फ महानगरले दीर्घकालीन रूपमा फोहर ढुवानीका लागि आवश्यक पूर्वाधार, बस्ती तथा बाटोको निर्माण र व्यवस्था तीन महिनाभित्र गरिसक्ने,फोहर विसर्जनस्थल र बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्ने, तीनपानेबाट बञ्चरे डाँडासम्मको सडकको जग्गाको लगत कायम गर्न पहल गर्ने बुँदा समावेश थिए।

    तर यी आधारभूत वातावरणीय सुधारसमेत नभएपछी स्थानीयवासीले बिहिबारदेखी फोहोर व्यवस्थापन नै ठप्प पारेका थिए। त्यसपछी आज मन्त्री घिसिङले बञ्चरेडाँडामै पुगेर स्थानीय बासिन्दासँग काठमाडौं महानगर, शहरी विकास, प्रभावित पालिका र बासिन्दा रहने गरी विवाद समाधानका लागि समिति निर्माण गर्ने र ल्यान्डफिल साइट क्षेत्रमा तत्कालै बत्तीको व्यवस्थापन गर्नेलगाएतका प्रतिवद्धता जनाएपछी स्थानियहरु अबरोध खोल्न तयार भएका हुन्।

    छलफलमा मन्त्री घिसिङले पछिल्लो तिनचारदिनसम्म आँफुले समस्या, समाधानका उपाय र विगतमा भएको सहमतीदेखी छलफल तथा बैठकका निर्णहरु अध्ययन गरेको र धेरै सहमती तथा निर्णयहरु फेला पारेको जानकारी दिनुभयो। अहिलेसम्म समस्या समाधान हुन नसक्नुका कारण पत्ता लगाएर विगतमा भएका सहमती कार्यान्वायनका लागी सरकार प्रतिवद्ध रहने र यसपटक विगतमा जस्तो आश्वासन मात्र नभएर कार्यान्वयन नै गर्ने प्रतिबद्धता जनाउनुभयो।

    छलफलमा स्थानिहरुले विगतका सहमती कार्यान्वायन गरी फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान खोज्नुपर्नेमै जोड दिएका छन्। प्रभावित क्षेत्र ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले पटकपटक सहमती गरिएपनि कार्यान्वायन नहुने प्रचलनले शास्ति खेप्नु परेको भन्दै आगामी दिनमा यस्ता गतिविधी दोहोरिन नदिन सचेत गराउनुभयो।

    स्थानियहरुले विगतका सहमती कार्यान्वायन मात्रै खोजेको भन्दै उहाँले मन्त्री घिसिङसँग फेरी पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्था नआउने सुनिश्चीतताको माग गर्नुभयो। स्थानियले नयाँ माग केही नराखेको दोहोराउँदै उहाँले विगतका सहमती कार्यान्वायन हुनासाथ सबै समस्या समाधान हुने बताउनुभयो।

    सरकार र काठमाडौं महानगरले पटकपटक सहमती गर्ने तर कार्यान्वायन नगर्ने हुँदा सास्ती खेपिरहेका स्थानियले सुनिश्चितताको माग गरेपछि मन्त्री घिसिङले सहमति कार्यान्वय प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै गर्नुभयो।

    उहाँले १५ दिनभित्र फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्ने र सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय पनि गर्ने प्रतिवद्धता जनाउनुभयो।

    अन्ततः मन्त्री घिसिङको प्रतिवद्धतापछी बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा भएको अवरोध हटेको छ। तर स्थानियहरु भने अझैपनि सहमती कार्यान्वायन र दिर्घकालिन समाधान हुनेमा विश्वस्त हुन नसेपछी माग सम्बोधन नभए फेरी आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

    तसर्थ यसपटक सरकारले विगतमा जस्तो आश्वासनको खेति नगरी सहमती र प्रतिवद्धता कार्यान्वायनमा केन्द्रित बनेर दिर्घकालिन समाधानका उपाय खोज्न जरुरी छ भने फोहोरको दुर्गन्ध र लिच्चडको समस्याबाट पीडित स्थानियलाई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चीतता दिलाउन जरुरी देखिन्छ।।


    आइतवार, कार्तिक १६ २०८२०८:१६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij