Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भाईटीका लगाएसँंगै तिहार सम्पन्न, बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले लगाए टीका, आन्दोलनमा दिवंगत सहभागी प्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन–जी पुस्ताद्वारा सामूहिक भाइटीका (खासखबर)

भाईटीका लगाएसँंगै तिहार सम्पन्न, बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले लगाए टीका, आन्दोलनमा दिवंगत सहभागी प्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन–जी पुस्ताद्वारा सामूहिक भाइटीका (खासखबर)

  • बिहिवार, कार्तिक ६ २०८२

  • 831
    SHARES

  • भाईटीका लगाएसँंगै  तिहार सम्पन्न, बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले लगाए टीका, आन्दोलनमा दिवंगत सहभागी प्रति श्रद्धाञ्जली अर्पण गर्दै जेन–जी पुस्ताद्वारा  सामूहिक भाइटीका (खासखबर)

    काठमाडौं । आज तिहारको मुख्य दिन,भाइटीका सम्पन्न भएको छ । तिहार, झिलिमिलीको पर्व हो । सेलरोटीको महत्व भएको पर्व । धनकी देवी लक्ष्मीको पर्व । गाई, गोरु, कुकुर, कागको पर्व । अनि, दाजुभाइ दिदीबहिनीको पर्व । तिहारले चेली माइतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।

    तिहारको अन्तिम दिन आज कात्तिक शुक्ल द्वितिया तिथिमा भाइटीका मनाइएको छ । भाइटीकाको आफ्नै विधि विधान छन् । चेलीले माइतीलाई विधिपूर्वक पूजा गरेर सयपत्री र गोदावरीको माला लगाइदिएका छन् । मिठो मसिनो खुवाएका छन् । र दाजुभाइले चेलीलाई दक्षिणा र उपहार दिएका छन् ।

    पौराणिक कथनअनुसार बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मानसम्मान र पूजा गरेकी थिइन् । यमपञ्चकका पाँच दिन यमराज बहिनी यमुनाको घरमा बास बस्न पुगेका थिए । बहिनीले उनको आतिथ्यमा कुनै कमि हुन दिइनन् । उनले त्यस दिन भाइपूजा गरेर यमराजलाई खुशी तुल्याएकी थिइन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुङ्गेलका अनुसार सुख र समृद्धिका लागि तिहार पर्व हो ।

    नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा लिइन्छ। यस्तै, यो पर्वले नेपाली मौलिक परम्पराको अर्को परिचय पनि दिएको छ। त्यो भनेको देउसी भैलो खेल्नु। देउसी भैलोको आफ्नै विशेषता छ ।

    तिहारको प्रमुख भाइटीकाका दिन आज काठमाडौँको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाउँदै आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका छन्।

    परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा प्रत्येक बर्ष जस्तै आज पनि विशेष चहलपहल थियो ।आफ्ना दाजुभाई र दिदीवहिनी नहुनेले त्यहाँ गएरभाइटीका लगाउनेपुरानो चलन अहिले पनि कायमै छ ।

    भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।

    अहिले देशको परिस्थिीति पहिले भन्दा बेग्लै छ । जेन–जी आन्दोलनपछि देशमा ठुलो जनधनको क्षति भयो । यो बर्ष चाडपर्वमा खल्लो महसुस त भएको छ । तर जहाँ जस्तो अवस्थामा भएपनि चाड पर्व मनाईएको छ ।

    गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा आज जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ । उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश दिने उद्देश्यले सामूहिक भाइटीका मनाएका हुन्।

    कार्यक्रममा सहभागीहरूले ज्यान गुमाएका शहीदहरुको तस्विरमा माला टीका लगाई आन्दोलनमा बलिदान भएका सहपुस्ताप्रति सम्मान प्रकट गरेका थिए ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनु भएको छ । 

    खासमा, चेली माइतीबीचको सम्बन्ध सुमधुर राख्ने पर्व तिहार हो । आजका दिन चेलीले आफ्ना माइतीको सुख, समृद्धि, आरोग्य एवं दीर्घायूको कामना गरेका छन् । आजको यो सप्तरंगी टीकामा भावना पनि मिसिएकाले दिदीवहिनी र दाजुभाइबीचको प्रेम रंगजस्तै गाढा वनोस् ।।


    बिहिवार, कार्तिक ६ २०८२०७:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij