Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह

वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह

  • बिहिवार, आश्विन ३० २०८२

  • 881
    SHARES

  • वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह

    काठमाडौँ । न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहेका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।
    राष्ट्रिय ध्वजाबाहकप्रति सेवा भाव राखी सहयोग गरिरहेका चिकित्सकहरुको बारेमा पेशागत मनोबल गिर्ने गरि गलत प्रचार नगर्न निगमले आग्रह गरेको छ ।

    निगममामा आंशिक समय पालै पालो सेवा दिनेगरी ९ जना चिकित्सकहरु रहेको निगमका प्रवक्तद्धय सुवास डाँगी र मनोज कुमार साहद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

    निगमले डा. अस्मिता अर्याललाई कसैको दवाब र प्रभावमा नभई कानुन बमोजिम नै सेवाका लागि नियुक्त गरिएको स्पष्ट पारेको छ ।

    अर्याललाई गलत तरिकाले नियुक्त गरिएको आरोप लागेकोप्रति खण्डन गर्दै निगमले अन्य चिकित्सकहरु सरह नै डा. अर्याललाई पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा सेवामा लिईएको स्पष्ट पारेको हो।

    निगमले आफ्नो संचालनको शुरुवाती दिनहरू देखि नै कर्मचारी कल्याणकारी परियोजना अन्तर्गत आम कर्मचारीहरू र उनिहरुका निकट परिवारका सदस्यहरूको निःशुल्क तथा पाइलट, इन्जिनियर र क्याबिन क्रु लगायतका प्राविधिक जनशक्तिहरूको अनिवार्य नियमित स्वास्थ्य परिक्षण सेवा संचालनमा गर्दै आएको छ ।

    उडान सेवालाई प्रभावकारी, विश्वसनीय र सुरक्षित गराउन नियमित स्वास्थ्य परिक्षण अनिवार्य रहेकाले यसलाई अन्यथा नलिन पनि निगमले सबैलाई अनुरोध गरेको छ ।


    बिहिवार, आश्विन ३० २०८२१२:३०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij