Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कोरोनाका कारण पत्रकारद्वय पाण्डेलाई पितृशोक, आज अन्त्येष्टि गरिने

कोरोनाका कारण पत्रकारद्वय पाण्डेलाई पितृशोक, आज अन्त्येष्टि गरिने

  • सोमवार, मंसिर १५ २०७७

  • 1.0K
    SHARES

  • कोरोनाका कारण पत्रकारद्वय पाण्डेलाई पितृशोक, आज अन्त्येष्टि गरिने

    बुटवल । पत्रकारद्वय अमृत पाण्डे र सन्जु पौडेल पाण्डेलाई पितृ शोक परेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको सबल नेपाल साप्ताहिक र सबल पोष्ट डट कमकाप्रधान सम्पादक अमृतका पिता तथा बुटवलबाट कान्तिपुरका लागि समाचारदाता सन्जुका ससुरा बुवा खडानन्ड पाण्डेको हिजो निधन भएको हो ।

    छोरा बुहारीलाई कोरोना सङ्क्रमण भएको तीन दिनपछि आफु पनि सङ्क्रमित हुनुभएका पिता पाण्डेलाई निमोनियाको समस्या पनि रहेकाले निधन भएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि बुटवलस्थीत प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा थप जटिल हुदै गएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएको थियो । उपचारकै क्रममा उहाँको हिजो निधन भएको हो ।

    कोरोना लाग्नु अघिसम्म निमोनिय बाहेक अन्य कुनै समस्या नरहेका फुर्तिलो अवस्थामै रहनु भएका ६८ बर्षिय पाण्डेको आज दिउँसो कोरोनासम्वन्धी मापदण्डका आधारमा अन्त्येष्टि गरिने भएको छ । झण्डै दुई महिना अगाडि कोरानाकै कारण आफ्नो भाईलाई गुमाउनु भएका स्वर्गिय पाण्डेले आफ्नै परिवारले अन्त्येष्टि गर्न पाउनु पर्ने इच्छा राख्ने गरेपनि पुरा नहुनेभएको परिवारजनले जनाएका छन् ।

    उहाँकाश्रीमती,एक छोरा, छोरी, बुहारी र नाती रहेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. २ का स्थायी बासिन्दा भएपनि पाण्डे परिवार केही बर्षदेखि रुपन्देहीको ड्राइभर टोलमा बस्दै आएको छ । नेपाली काँग्रेसमा आबद्ध रहेको पाण्डे परिवारमा परेको शोकप्रति काँग्रेसका भातृ तथा सुवेच्छुक संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

    नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे, नेपाल प्रेस युनियन रुपन्देहीकी जिल्ला अध्यक्ष रेखा भुसाललगायतले शोक व्यक्त गर्दै अकल्पनीय र असामयिक घटनाले अत्यन्त स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्नुभएको छ। उहाँहरुले परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्नुभएको छ ।


    सोमवार, मंसिर १५ २०७७०८:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij