काठमाडौं। कालिका नमुना माध्यमिक विद्यालयमा आज एक विशेष समारोहकाबीच विद्यालयको चौमासिक बुलेटिन विमोचन गरिएको छ।
प्रमुख अतिथि दिपकबहादुर थापा र सभाध्यक्ष प्रधानाध्यापक श्रीराम आचार्यले बुलेटिनको औपचारिक विमोचन गर्नुभयो। विमोचनपछि मन्तव्य राख्दै प्रमुख अतिथि थापाले बुलेटिनले विद्यालयका गतिविधिहरूलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कुशल लामिछानेले गर्नुभएको थियो। समारोहमा वडा सदस्य सुनुमाया बि.क., विद्यालय व्यवस्थापन समिति सदस्यहरू नारायण श्रेष्ठ र मनोज गुरुङ, सहायक प्रधानाध्यापकहरू लक्ष्मीकान्त अधिकारी र वासुदेव अधिकारी लगायत सम्पूर्ण शिक्षकहरू तथा उल्लेख्य संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात सहायक प्रधानाध्यापक वासुदेव अधिकारीले स्वागत मन्तव्यबाट गर्नुभएको थियो। स्वागत मन्तव्य लगत्तै भित्तेपत्रिका तथा बुलेटिन प्रकाशन उपसमितिका संयोजक शिवजी तिवारीले बुलेटिन प्रकाशनको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकबहादुर थापा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, सभाध्यक्ष आचार्यले बुलेटिन प्रकाशनमा संलग्न सबैलाई धन्यवाद दिँदै यस्ता प्रकाशनले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।