Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध, धादिङको जवाङ खोलामा ठुलो पहिरो, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध, धादिङको जवाङ खोलामा ठुलो पहिरो, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

  • मंगलवार, आश्विन ७ २०८२

  • 836
    SHARES

  • काठमाडौं–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध, धादिङको जवाङ खोलामा ठुलो पहिरो, बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

    काठमाडौं । काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत धादिङमा ठूलो पहिरो खसेको छ । बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खेलानजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन समय लाग्ने धादिङका डीएसपी सुवास हमालले जानकारी दिनुभयो । 

    जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार अहिले पहिरो पन्छाउने कार्य जारी छ । पहिलो पन्छाउन कम्तीमा ५ घण्टा लाग्ने अनुमान गरिएकाले अपरान्ह् तीन बजेसम्म सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय धादिङले सुचना मार्फत जानकारी गराएको छ। साथै प्रशासनले मलेखु धादिङबेशी आरुघाट मध्यपहाडी राजमार्ग, गोरखा हुँदै आबुखैरेनी, मध्येपहाडी राजमार्ग हुँदै डुम्रे लगायतका बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । 

    सडक अवरुद्ध हुँदा वरपर सयौँ सवारीसाधन बीचबाटोमा रोकिएका छन् । काठमाडौं भित्रने र बाहिरिने मुख्य सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् ।

    552235939_1371779704955464_9083312407657434746_n.jpg

     


    मंगलवार, आश्विन ७ २०८२११:५१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij