Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एकैसाथ आज ३९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरिँदै

एकैसाथ आज ३९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरिँदै

  • सोमवार, मंसिर १५ २०७७

  • 1.2K
    SHARES

  • एकैसाथ आज ३९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरिँदै

    काठमाडौं । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिँदै छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तह पाँचदेखि १५ श्ययाको अस्पताल बनाउनका लागि थालेको हो । सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ ।

    यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्नुहुने छ ।

    यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्दै हुनुहुन्छ । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताउनुभाये । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।


    सोमवार, मंसिर १५ २०७७०७:०९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij