Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जेनजी आन्दोलनको क्रममा भागेका मध्ये अझै ८ कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनको क्रममा भागेका मध्ये अझै ८ कैदीबन्दी अझै फरार

  • शुक्रवार, आश्विन ३ २०८२

  • 485
    SHARES

  • जेनजी आन्दोलनको क्रममा भागेका मध्ये अझै ८ कैदीबन्दी अझै फरार

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेरका भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । कारागारतर्फ ७ हजार ७५३ र सुधारगृह तर्फ ६२२ गरी ८ हजार ३५७ कैदीबन्दी अझै फरार रहेको विभागले बताएको छ ।

    देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट गरी १४ हजार ५५५ कैदीबन्दी भागेका थिए । जसमा कारागारबाट १३ हजार ५९१ र बाल सुधार गृहबाट ९६४ जना भागेका थिए । ती मध्ये अहिलेसम्म कारागारतर्फ ५ हजार ८३८ र बाल सुधारगृहतर्फ ३४१ गरी ६ हजार १७९ कैदीबन्दी फिर्ता आएको विभागका निर्देशक चोमेन्द्र न्यौपानले जानकारी दिए ।

    २४ गते साँझसम्म देशभरका कारागारमा २९ हजार २१२ र बाल सुधार गृहतर्फ १ हजार ४२२ गरी ३० हजार ६३४ कैदीबन्दी थिए । जसमध्ये कारागारतर्फ १५ हजार १५८ र बाल सुधार गृहतर्फ ३६३ गरी १५ हजार ५२१ कैदीबन्दी भने भागेका थिएनन् ।

    भाग्न खोज्नेलाई नेपाली सेनाले नियन्त्रण लिने क्रममा कैदीतर्फ ५ र बाल सुधार गृहतर्फ ५ गरी १ जनाको मृत्यु समेत भएको थियो । मृत्यु हुनेमा रामेछाप कारागारका ३ जना र धादिङ कारागारका २ जना थिए । नौबस्ता बाल सुधार गृहका ५ जनाको पनि मृत्यु भएको थियो ।


    शुक्रवार, आश्विन ३ २०८२०४:२४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij