Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल उद्योग वाणिज्य महासंघद्वारा शान्ति–सुरक्षा र निर्वाध व्यवसाय सञ्चालनको माग

नेपाल उद्योग वाणिज्य महासंघद्वारा शान्ति–सुरक्षा र निर्वाध व्यवसाय सञ्चालनको माग

  • शुक्रवार, भाद्र २७ २०८२

  • 649
    SHARES

  • नेपाल उद्योग वाणिज्य महासंघद्वारा शान्ति–सुरक्षा र निर्वाध व्यवसाय सञ्चालनको माग

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभर जारी आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै शान्ति, सुरक्षा र निर्वाध व्यवसाय सञ्चालनका लागि सरकारसँग आग्रह गरेको छ ।

    महासंघले सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक् स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोगजस्ता विषयमा युवा पुस्ताको चासोलाई सकारात्मक रूपमा लिएको छ। यी मागहरूको विवेकपूर्ण समाधान भई देश समृद्धिको दिशामा अघि बढ्ने अपेक्षा महासंघले गरेको छ।

    साथै, देशको समृद्धिका लागि सुशासन कायम गर्न र अनिश्चितता अन्त्य गर्न सरकारसँग समन्वय र सहकार्य गर्न महासंघ तयार रहेको जनाएको छ ।

    पछिल्लो समय आन्दोलनका क्रममा उद्यमी–व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमा तोडफोड र आगजनीका घटना भएका छन् । यस्ता घटनाको महासंघले कडा शब्दमा भत्र्सना गरेको छ । प्रारम्भिक अनुमानअनुसार देशभरका उद्योग–व्यवसायमा अर्बौं रुपैयाँको क्षति भएको छ, जसले राजस्व र कुल गार्हस्थ्य उत्पादनमा गम्भीर असर पार्ने देखिएको छ । महासंघले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ ।

    निजी क्षेत्रले नेपाली अर्थतन्त्रमा ८१%, राजस्वमा ८०% र रोजगारीमा ८६% योगदान पु¥याउने भएकाले उद्यम–व्यवसायको निर्वाध सञ्चालनका लागि आवश्यक शान्ति–सुरक्षाको व्यवस्था गर्न महासंघले जोडदार माग गरेको छ । निषेधाज्ञा र कफ्र्युका समयमा पनि अत्यावश्यक सेवा, औषधि, खाद्यान्न, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थजस्ता वस्तुको सहज आपूर्ति र आवतजावत सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

    महासंघले केन्द्र, प्रदेश र जिल्ला तहका सुरक्षा समितिमा आफ्ना र सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको छ । साथै, गुणस्तरीय सामानको नियमित आपूर्ति कायम राख्न र बजारमा अभाव हुन नदिन देशभरका उद्यमी–व्यवसायीलाई अनुरोध गरेको छ ।

    हाल अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहे पनि धेरै भन्सार नाकाहरू बन्द छन् । अत्यावश्यक सामग्रीको आयात–निर्यात सहज बनाउन भन्सार नाकामा सुरक्षा प्रदान गरी सञ्चालनको वातावरण बनाउन महासंघले सरकारसँग आग्रह गरेको छ ।

    महासंघले सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ । सुशासन, वाक् स्वतन्त्रता, स्वतन्त्र व्यवसाय सञ्चालनको अधिकार र लगानी प्रवद्र्धनमार्फत समृद्ध समाज निर्माणमा योगदान पु¥याउन सबै पक्षसँग अपिल गरेको छ ।

    यो विषयमा महासंघको कार्यकारिणी समिति र पूर्वअध्यक्षहरूसँग बुधबार भएको बैठकमा पनि छलफल भएको थियो । महासंघले देशभरका करिब ६ लाख साना, मझौला र ठूला उद्यमी–व्यवसायीको प्रतिनिधित्व गर्दै निजी क्षेत्रको धारणा सार्वजनिक गरेको हो ।

     


    शुक्रवार, भाद्र २७ २०८२०२:०४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij